×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजे सम्म बन्द हुने

images

काठमाडौँ । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ ।

मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो ।

त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो । 

आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाउदै उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको समेत स्पष्ट गरेको छ ।

 

बुधबार २५ भदौ २०८२ ०८:१३ AM मा प्रकाशित

प्रतिक्रिया