काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ ।
देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । यसअघि मंगलबार दिनको साढे २ बजेदेखि विमानस्थल बन्द गरिएको थियो ।
विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् ।
यसैबीच आन्तरिक उडान कम्पनी बुद्ध र यति एयरलाइन्सले आजका सबै उडान स्थगित भएको जानकारी दिएको छ ।
बुद्ध एयरले भनेको छ- 'विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको छ । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।'
त्यस्तै यति एयरलाइन्सले भनेको छ- 'देशको विषम परिस्थितिका कारण यती एअरलाइन्सको आजका सम्पूर्ण उडानहरु रद्द भएको जानकारी गराउँदछौं । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । धन्यवाद ।'
प्रतिक्रिया