काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ। सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मिश्रको प्यानलै निर्वाचित भएको हो।
गत शनिबार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भएपछि बरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवारभन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित बरिष्ठ अधिबक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मतमा सिमित हुन पुगेका छन्।
त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन्। अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।
त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन्।
प्रतिक्रिया