×

उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिद्वारा रञ्जितालाई उम्मेदवार बनाउने निर्णय

images

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन्। श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।

नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई  उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ। 

उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।  


 

शुक्रबार​ २६ फागुन २०७९ १२:४२ PM मा प्रकाशित

प्रतिक्रिया