×

एमाले बाग्मती प्रदेश कमिटीको बैठक बस्दै, ओलीले सम्बोधन गर्ने

images

काठमाडौं।  नेकपा एमाले बाग्मती प्रदेश कमिटीको बैठक बस्दैछ। काठमाडौंमा बिहीबार ११ बजेपछि सुरु हुने तेस्रो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले जानकारी दिए।

एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठका अनुसार बैठकमा स्थानीय निर्वाचन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। उनले भने, ‘विशेषत: स्थानीय निर्वाचनलाई केन्द्रित गरेर छलफल हुन्छ।’  राखेर एमालेले प्रदेश,जिल्ला र स्थानीय तहमा कार्यकर्तालाई निर्वाचन केन्द्रीत प्रशिक्षण दिइरहेको छ। एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको हो।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्ष दल एमाले चुनावलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा पार्टी प्रवेश कार्यक्रमलाई निरन्तर दिएको छ। 

बिहीबार २६ फागुन २०७८ ११:५१ AM मा प्रकाशित

प्रतिक्रिया