×

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, साना व्यवसायीलाई सहुलियत (पूर्णपाठ)

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । अनलाइनमार्फत सार्वजनिक गरिएको अर्धवार्षिक समीक्षालाई आजै ११ः ४५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका छन् । उनीहरुको उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो । मौद्रिक नीतिको समीक्षाले विद्यमान बैंक ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखेको छ ।

अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थालाई यथावत् राखिएको बैंकले जनाएको छ ।  यद्यपि, बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा उपलब्ध गराउँदै आएको तरलता सुविधा अन्तर्गत ओभर नाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा झार्ने बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत् राखिएको समेत बैंकले जनाएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने बैंकले जनाएको छ ।  

मौद्रिक नीतिको पूर्णपाठ यस्तो छ :

शुक्रबार​ २७ माघ २०७९ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया