×

यस्तो छ, विदेशी मुद्राको विनिमय दर

images


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । 

शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ३२ पैसा रहेको छ । 

यस्तै युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रूपैयाँ ५९ पैसा कायम गरिएको छ । बिहिबारको तुलनामा आज युरोपियन युरोको भाउ बढेको छ ।   

यस्तै बेलायती पाउण्डको खरिददर १६० रूपैयाँ ०३ पैसा र बिक्रीदर १६० रूपैयाँ ७६ पैसा तोकिएको छ । 
अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ९२ रूपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३० पैसा र बिक्रीमा ९८ रूपैयाँ ७५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरि कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १२ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ५२ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ६६ पैसा छ । 

शुक्रबार​ २७ माघ २०७९ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया