×

महानगरका प्रमुख बालेनलाई सांसद सिंहको चुनौती– हिम्मत भए बालुवाटार सर्वोच्च अदालत र शीतल निवास भत्काएर देखाऊ

images

काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन चुनाैती दिएका छन्। आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काएर देखाउन बालेनलाई चुनौती दिएका हुन्।

उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन्। कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेको आक्रोश पोख्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालुंग र भताभुंग भएको टिप्पणी गरे।

“म बालेनलाई च्यालेन्ज गर्न चाहन्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरवार भत्काएर देखाऊ, हिमम्त छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ,” अमरेशले भने, “यो नाजीवादको शैली काठमाडौं महानगरको मेयरबाट चल्दैन।”

उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन् । कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेको आक्रोश पोख्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालुंग र भताभुंग भएको टिप्पणी गरे ।

संघीय सरकारलाई के यो न्याय मरेको देश हो, कानुन मरेको देश हो भन्ने प्रश्न गर्दै सांसद सिंहले भने, ‘संघीय सरकारलाई आग्रह गर्न चाहन्छु, यो देश बहुभाषिक, बहुधार्मिक हो र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको छ । अहिले यो अधिकार मिचिएको छ ।’

 

सोमबार २८ माघ २०८१ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया