×

थाकस, युएई ले खिचरा माघी पर्व मनाउने

images

फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता 

 प्रवास मा रहेर पनि आफ्नो मौलिक धर्म परम्परा र संस्कृति लाई जगेर्ना गर्ने उद्देश्यले माघी पर्व थारु नयाँ वर्ष २६४६ को साथै वार्षिक भेलाको आयोजना गर्न लागिएको हो । विशेषगरी तराई मधेस को भुभागमा रहेर आफ्नो थात थलो बनाई बसेका जनजाति हरु मध्य थारु जाति सबैभन्दा धेरै जनसंख्या भएको जनजाति मा पर्दछ ।

थारु जातिको आफ्नै मौलिक परम्परा , संस्कार ,संस्कृति ,भाषा र भेष भुषा छ । १५ जनवरी  दिउँसो १:०० बजे  एभरेस्ट क्लब बर दुबईमा आयोजना हुन गइरहेको कार्यक्रममा स्थानीय कलाकार हरु लाई साथ दिन का लागी भव्य र मनोरञ्जनात्मक बनाउन नेपाल बाट अतिथि कलाकार को रूपमा थारु चर्चित गायिका समिक्षा चौधरी आउने भएको जानकारी थारु कल्याणकारीनि सभा, युएईका महासचिव  खेम महतो थारु ले जानकारी दिए।

मङ्गलबार २६ पुस २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया