×

विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

images

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार  राति पौने ९ बजे सुरु हुनेछ । आज दुई क्वाटरफाइनल खेल हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने  खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।  क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्। शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ। 

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ।

ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई हरेक पटक उपाधि जित्ने प्रत्यासी टोलीका रूपमा लिइन्छ। ब्राजिललाई चुनौती दिइरहेको टोली क्रोएसिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। पहिलो सहभागितामै उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलसम्म पुगेको थियो।

क्रोएसियाले सेमिफाइनलमा नेदरल्यान्ड्ससँग २–१ को हार व्यहोर्‍यो। सन् २०१० को विश्वकपमा क्वालिफाइड समेत नभएको क्रेएसिया सन् २०१८ को उपविजेता थियो। क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टीमा स्तब्ध पार्दे अन्तिम १६ मा स्थान बनाएको हो।

यस्तै आजै राति पौने एक बजे अर्जेन्टिना र नेदरल्याण्ड भिड्नेछन्। यो खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ। सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमै सहभागी युरोपेली राष्ट्र नेदरल्यान्ड्सले सन् १९७४ को विश्वकपको फाइनलमा वेस्ट जर्मनी, सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिना र सन् २०१० को फाइनलमा स्पेनसँग पराजित भएको इतिहास छ।

अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना सन् १९७८ र १९८६ मा भएको विश्वकपको विजेता हो। सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणको अर्जेन्टिना उपविजेता राष्ट्र हो। सन् १९७० को विश्वकपमा छनोट नै नभएको अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा ८१ खेल खेलेका छन् । जसमा ४७ जित, १० बराबरी र २४ हार ब्यहोरेको छ।

 

शुक्रबार​ २३ मंसिर २०७९ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया