काठमाडौं । नेपाल टेलिकमको सबै नेटवर्क डाउन भएको छ। नेपाल टेलिकमको सिस्टममै समस्या आउँदा अधिकांश ठाउँमा फोन सेवा अवरुद्ध भएको हो।
आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको थियो । आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरुमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो । ‘समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।
प्रतिक्रिया