काठमाडौं । नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।
त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
आजको बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ भने हालैको बाढी पहिरोको इपिसेन्टर रहेको इलामलाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।
प्रतिक्रिया