×

अर्थमन्त्री शर्मा बिरामी, टिपोट गर्ने जिम्मा शिक्षामन्त्रीलाई

images

अर्थमन्त्री जनार्दन शर्मा बिरामी पर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले देशको अर्थतन्त्र समस्यामा परेको र संसदमा गहिरो बहस भइरहेको बेला अर्थमन्त्री नै अनुपस्थित भएको भन्दै आपत्ति जनाउनुभएको थियो । 

त्यसलगत्तै सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीलाई आफ्नै आँखाले बैठक हलमा देखेको र उहाँ बिरामी भएकाले फर्किएको जानकारी गराउनुभयो । ‘उहाँ अर्थमन्त्री आउनुभएको थियो, मेरो आँखाले नै देखेँ उहाँ अस्वस्थ हुनुभएर मसँग बिदा मागेर जानुभएको छ, माननीय शिक्षामन्त्रीलाई उहाँले मेरो मन्त्रालयको बारेमा उठेका कुरा टिपोट  गरिदिनु भन्नुभएको छ, यो मानवीय कुरालाई ख्याल गरौँ’, सापकोटाले भन्नुभयो । 

त्यसपछि सांसद रावलले भन्नुभयो, ‘बजेट बनाउन थकाइ पनि लाग्यो होला, के भयो, कसो भयो, उहाँलाई बिसन्चाे छ भन्दाखेरि यो सदनबाट प्रतिनिधि सभाको सदस्यको हैसियतले माननीय अर्थमन्त्रीजीको सु–स्वास्थ्यको कामना गर्न चाहन्छु ।’ 

बिहीबार २६ जेठ २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया