×

" युएईमा दुई संस्था मिलेर संयुक्त बुद्ध जयन्ती मनाउने "

images

फलेन्द्र मगर / युएई संवाददाता 

लामो समयको कोभिड महामारी नियन्त्रणमा आए सँगसँगै युएईमा पनि सामाजिक संघ संस्थाहरूले आआफ्नो सक्रियता बढाउन थालिएको छ । यसै सक्रियता लाई अघि बढाउदै युएई को दुबईमा आदिवासी जनजाती युवा महासंघ युएई र त्रीशुली समाज युएईले यहीँ आउदो मई १५ तारीख वैशाख शुक्ल पुर्णिामा को  दिन दुबई स्थित एभरेस्ट क्लब वर दुबईमा २५६६ औं बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने भएको जानकारी कार्यक्रम संयोजक डिबि लुङ्गेली मगरले ईसंचार पाटी डटकमका युएई संवाददाता लाई जानकारी दिनु भयो। 

 कार्यक्रममा भगवान गौतम बुद्ध को लामा गुरु द्वारा प्रवचन र बिशेश पूजापाठ लगायत सांगीतिक कार्यक्रम समेत हुने भएको छ । कला र संस्कृति लाई जगेर्ना गर्ने उदेश्य का साथ आफ्नो सांगीतिक प्रस्तुति हरु प्रस्तुत गर्दै आइरहेको लाङ्घाली संगीत संसार , मगर ब्रदर्स ग्रुप र नेप्लिज डान्स ग्रुपले आआफ्नो सांगीतिक प्रस्तुति हरु प्रस्तुत गर्नेछ।

सोमबार २६ बैशाख २०७९ ०८:१२ PM मा प्रकाशित

प्रतिक्रिया