×

भारत- पाकिस्तानमा रहेका नेपालीहरुको अवस्था र उनीहरुको सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

images

काठमाडौँ । सभामुख देवराज घिमिरेले भारत- पाकिस्तानबीच जारी तनावका कारण दुवै देशमा रहेका नेपालीहरुको अवस्था र उनीहरुको सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरु भारत पाकिस्तानको तनावको विषय उठाउदै दुवै देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् । सभामुख घिमिरेले भनेका छन्- 'भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्याँहा बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउछु ।'   

शुक्रबार​ २६ बैशाख २०८२ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया