×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार २६ चैत २०८१ १२:०० PM मा प्रकाशित

प्रतिक्रिया