×

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (आइतबार)का लागि पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

गोला प्रक्रियाबाट इजलास चयन गरेपछि मात्रै इजलास निर्धारण हुनेछ । सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

एक किशोरीमाथि बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो । 

आइतबार​ २६ चैत २०७९ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया