नवलपरासी । नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ।
चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ। वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ। त्यसअवधिमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ।
अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन् । साँघुरो सडक र कामसमेत भैरहेकाले अहिले दैनिकजसो यात्रुहरूले दुःख पाइरहेका छन् । दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न अहिले सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।
प्रतिक्रिया