×

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा

images

काठमाडौँ ।  स्थानीय तहको २०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि पार्टीले चलाउने अभियानको घोषणाका लागि सभापति देउवाले पत्रकार सम्मेलन आयोजना गरेको कांग्रेसका मुख्य सचिव तथा राष्ट्रिय सभा सदस्य कृष्ण पौडेलले जानकारी दिए ।

'स्थानीय तहको निर्वाचनका लागि अभियानको घोषणा गर्न पत्रकार सम्मेलन बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । स्थानीय तहका लागि पार्टीले गर्ने कार्यक्रमको आज घोषणा हुँदैछन्,' उनले भने ।

पत्रकार सम्मेलनमा उपसभापतिहरू, महामन्त्रीहरूलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहने पौडेलले जानकारी दिए । कांग्रेसले स्थानीय तहका लागि 'घरघर जाउँ, कांग्रेस जिताउँ' नारा तय गरेको छ । सोही नारामा आधारित भएर अभियान चलाउन लागिएको र त्यसको घोषणा सभापति देउवाले गर्ने पौडेलको भनाइ छ ।

अन्य राजनीतिक दलहरूले पनि स्थानीय तह लक्षित निर्वाचन कार्यक्रमलाई तीव्रता दिएका छन् ।

 

बुधबार २५ फागुन २०७८ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया