×

मौद्रिक नीतिको त्रैमासिक समीक्षा- सेयर धितो र घरजग्गा कर्जाको जोखिमभार घट्यो (पूर्णपाठ)

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । साथै रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८ दशमलब ३८ प्रतिशतसम्म रहेको भन्दै सिमेन्ट र विद्युत निर्यातले व्यापार घाटामा केही कमी आएको जनाएको छ । तीन महिने समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेका छ। 

यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। त्यस्तै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको छ। साथै ५० लाखमाथिको सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारिएको हो। यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार भने १०० प्रतिशत नै छ।

 

 
शुक्रबार​ २२ मंसिर २०८० ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया