×

विश्वकप हेर्ने ५ सय रुपैयाँ तिर्नु पर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

images

काठमाडौं । सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । 

सञ्चारमन्त्रालय सहित विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति मिडिया मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायक समेतलाई विपक्षी बनाइ रिद दर्ता गराएको थियो । आगामी मंसिर ४ गतेबाट सुरु हुन लागेको विश्वकप फुटबलको एकाधिकार कायम गर्दै मिडिया मिडिया हब प्रालिले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएको थियो ।

यस अघि विश्वकप हेर्नका ग्राहकले हिमालय टेलिभिजनलाई टेलिभिजन बनेको सेवा प्रदायकमार्फत थप ५ सय रुपैयाँ तिर्नुपर्ने निर्णय भएको थियो । अदालतले छलफल गर्न दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको छ । विश्वकप हेर्न थप ५ सय रुपैयाँ तिनुपर्ने भएपछि चौतर्फी बिरोध भइरहेको छ ।

मङ्गलबार २२ कात्तिक २०७९ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया