×

धम्कीपछि शाहरुखको सुरक्षा व्यवस्था कडा

images

काठमाडौं ।  बलिउड अभिनेता शाहरुख खानलाई मार्ने धम्की आएको छ । सलमान खानपछि अब शाहरुख खानलाई पनि धम्की आएको हो । मोबाइलमा धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ । मुम्बई पुलिसले उजुरी पाउना साथ उक्त घटनाको अनुसन्धान थालेको छ । भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार अज्ञात धम्कीविरद्ध भारतीय दण्डसंहिता बीएनएसको धारा ३०८ (४), ३५१ (३), (४) अनुसार मामिला दर्ता भएको हो ।

जुन नम्बरबाट धम्की आएको छ उक्त नम्बर छत्तीसगढका फैजान नाम गरेका व्यक्तिको नाममा दर्ता भएको छ । नम्बर पछ्याउँदै मुम्बई पुलिस रायपुर पुगेको छ । यो घटना गत मंगलबारको हो । उक्त धम्कीसँगै शाहरुखको घर मन्नत बाहिर सुरक्षाकर्मी बढाइएको छ । यसअघि सन् २०२३ मा पनि शाहरुखलाई धम्की आएको थियो । त्यसपछि सुरक्षा बढाइएको थियो । फोन गर्नेले यदि ५० लाख रुपैयाँ नदिने हो भने मारिदिने धम्की दिएको छ । फोन गर्नेलाई नाम सोध्दा भनेको छ, ‘मेरो लागि यसले कुनै फरक पार्दैैन, मेरो नाम हिन्दूस्तानी हो ।’

खानले पूरा गरे आफ्ना फ्यानको चाहना

बलिउड सुपरस्टार  खानले आफ्नो ५९औं जन्मदिनमा फ्यानको सपना पूरा गर्दै उनलाई मन्नत (घर) भित्र बोलाएर भेटेको विषय अहिले चर्चामा रहेको छ । ९५ दिनसम्म शाहरुखको घर मन्नतबाहिर पर्खिरहेका एक फ्यानले अन्ततः अभिनेताको जन्मदिनमा भाग्यमानी बन्दै शाहरुखलाई भेट गर्न पाएका हुन् ।त्यति मात्र होइन उनले आर्थिक सहयोग पाउनुको साथै शाहरुखले उनलाई घरभित्र बोलाएर सम्मान पनि गरेको बताइएको छ ।

यो फ्यानले झारखण्डदेखि मुम्बईसम्मको यात्रा गरी ९५ दिनसम्म मन्नत बाहिर क्याम्प बसाए, ताकि उनले शाहरुखलाई भेट्न सकून् । सुपरस्टारले नोभेम्बर २ मा आफ्नो ५९औं जन्मदिन मनाए, त्यसैले उनले शाहरुखलाई निम्तो र उनीसँग एक तस्बिर क्लिक गरेर प्रशंसकको इच्छा पूरा गर्ने निर्णय गरे । ती फ्यानलाई शाहरुखले मन्नत (घर) भित्र लगेर सम्मानका साथ व्यवहार गरेका थिए ।

शुक्रबार​ २३ कात्तिक २०८१ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया