×

रुस र युक्रेनले युद्धका क्रममा ज्यान गुमाएका ३ सय २० जना सैनिकको शव परिवारलाई बुझाए

images

रुस र युक्रेनले युद्धका क्रममा ज्यान गुमाएका ३ सय २० जना सैनिकको शव परिवारलाई बुझाएका छन् ।

युक्रेनको मारियापोल सहरमा रुसी सेनाको आक्रमणमा परेर ज्यान गुमाएका १ सय ६० युक्रेनी सेनाको शव युक्रेनको राजधानी किएभमा ल्याएर रुसले परिवारलाई बुझाएको बीबीसीले जनाएको छ ।

त्यसैगरी युक्रेनले पनि युद्धमा ज्यान गुमाएका १ सय ६० जनाको शव रुसलाई बुझाएको छ ।

रुसले गएको २४ फेब्रुअरीदेखि युक्रेनमा लगातार आक्रमण गर्दै आएको छ । रुसको आक्रमणको युक्रेनले प्रतिकार गरिरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना केही सैनिक रुसी सेनाको कब्जामा रहेका र उनीहरुको रिहाइका लागि प्रयास भइरहेको बताउनु भएको छ ।

बुधबार २५ जेठ २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया