×

भुटानी शरणार्थी प्रकरण- मिलीजुली एकअर्कालाई जोगाउने काम नहोस् : रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हाइ प्रोफाइलका व्यक्तिहरूको नाम आएपछि सरकारले छानबिन नगर्ने हो कि भन्ने आशंका व्यक्त गरे।

उनले भने, ‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ। यो ताप्के नसेलाओस्। सिंगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ। दोषी कोही नउम्किउन्। मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्। हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौँ।’ अर्थमन्त्रीले ल्याएको बजेटका प्राथमिकता र सिद्धान्त ‘गरिनेछ’ ले भरिएको कर्मकाण्डी दस्तावेज मात्रै रहेको पनि उनले बताए। । 

‘केही वाक्य  र शब्दहरू हेरफेर गरिएको कर्मकान्डी दस्तावेज मात्रै रहेको हामीले बुझेका छौं, यसले मुलुकको अर्थतन्त्र सुधार गर्नेमा हामी विश्वस्त छैनौं,’ उनले भने। ‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विकरुपमा विगतका वर्षहरूभन्दा फरकफरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो। यो दस्तावेजमा केही शब्द र वाक्यको हेरफेरगरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ, ’ उनले भने।

उनले बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने बताए। यदि गरिएन भने किन? भएन त्यो सार्वजनिक हुनुपर्छ। गरिनेछले मात्रै भरिएको दस्तावेज भएकोपनि उनले उल्लेख गरे। 

सोमबार २५ बैशाख २०८० ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया