×

नयाँ नेतृत्वको सरकारले देशलाई आर्थिक मन्दीमा लगेको महासचिव पोखरेलको आरोप 

images

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कांग्रेस र माओवादी  नेतृत्वको सरकारले मुलुकमा आर्थिक मन्दी छाएको आरोप लगाएका छन् । 
शनिवार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै मुलुक नै आर्थिक सङ्कटमा परेको बताए । 

उनले भने, ‘पुष्पकमल दाहाल प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिने अवस्थामा आयो । एमाले रहुन्जेलसम्म मुलुकमा आर्थिक क्षेत्रमा सुधारका सङ्केतहरू देखिएका थिए । जब काँग्रेस र माओवादीको सरकार बन्यो तब मौद्रिक तरलतामा सङ्कट उत्पादन भयो । अहिलेको सरकार लामो समयसम्म रहने हो भने मुलुक आर्थिक मन्दीमा जान्छ ।’

अहिलेको सरकार लामो समयसम्म रहेमा मुलुक आर्थिक सङ्कटमा जान्छ भनेर सबै मतदातालाई जानकारी गराउनु आवश्यक भएको उनको भनाई । 
उनले यो देशमा विकास र समृद्धिको काम गर्ने नेकपा एमाले मात्र हो भनेर सहरी क्षेत्रको मतदातालाई विश्वास दिलाउन सक्नुपर्ने पनि बताए ।
 

शनिबार २५ चैत २०७९ ०६:१७ PM मा प्रकाशित

प्रतिक्रिया