×

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

images

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले भने २७ हजार २४९ मत ल्याईन् । उनीहरुबीच ८ हजार ४९२ को मतान्तर छ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६,४६३ मत प्राप्त गरे भने नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई ६,१८५ मतमा सीमित भए । नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले भने ३,९७० मत मात्र प्राप्त गर्न सफल भए ।

आइतबार​ २४ फागुन २०८२ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया