×

आज महाशिवरात्रि

images

काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।
 

महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ।

महाशिवरात्रि आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ।

शुक्रबार​ २५ फागुन २०८० ०८:०८ AM मा प्रकाशित

प्रतिक्रिया