×

१५ वर्षकी आफ्नै विद्यार्थीलाई जङ्गलमा लगि बलात्कार गर्ने शिक्षक पक्राउ

images

अर्घाखाँची । शिक्षक आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाची का अनुसार ती शिक्षकले विद्यार्थीलाई जंगलमा लगी पटक-पटक बलात्कार गरेको खुलेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ जिल्लाको मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षक हुन् । उनले १५ वर्षीया आफ्नै विद्यार्थीलाई जंगलमा लागि पटक-पटक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको र पछिल्लाे समय दैनिकजसाे ती १५ वर्षीया नाबालिका विद्यार्थीलाई बलात्कार गर्ने गरेकाे प्रहरीले जनाएको छ । पक्राउ परेका शिक्षकलाई अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मङ्गलबार २४ फागुन २०७८ १०:२५ PM मा प्रकाशित

प्रतिक्रिया