×

डोटीमा चितुवाको आक्रमणबाट डोटीमा पाँचजना घाइते

images

डडेलधुरा । डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५, बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् ।उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चार वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जानकारी दिए । स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो । तर, जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो ।

स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो । तर, जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो ।

बुधबार २१ मंसिर २०७९ ०३:२२ PM मा प्रकाशित

प्रतिक्रिया