×

माधव नेपाललाई झाँक्रीको कटाक्ष- अर्थहीन कारवाही गर्नुभयो, लोकले के भन्ला भन्ने पनि लागेन ?

images

काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई सम्बोधन गर्दै आफुलाई गरेको कारवाही प्रति कटाक्ष गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरेको अर्थहीन कारवाहीप्रति कटाक्ष गरेकी हुन् । उनले यस्तो कारवाही गर्दा लोकले के भन्ला भन्ने पनि लागेन भन्दै यस्तो कारवाहीको केहि अर्थ नभएको बताएकी छन् ।

उनले नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिदै आफुले सधै अभिभावकको रुपमा सम्झिने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्:     

प्रिय कमरेड माधव नेपाल

अभिवादन ! आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए । जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधै सम्झने छु ।

शुक्रबार​ २२ कात्तिक २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया