×

दोस्रोपटक भूकम्प : आठबीसकोटमा चारजना घाइते

images

त्रिवेणी (रुकुम पश्चिम), २१ कात्तिक : हिजो पुनः भूकम्प आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् । दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८  रेक्टर स्केलको भूकम्प आउँदा  नगरपालिकाका चारजना घाइते भएका हुन् । 

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो । घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ ।  भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गर्नुभएको छ ।

  हिजो पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । 

मङ्गलबार २१ कात्तिक २०८० ०७:२९ AM मा प्रकाशित

प्रतिक्रिया