काठमाडौं । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
एटलेटिकोको जितमा नाहूएल मोलिना र एंगल कोरियाले एक एक गोल गरेका थिए। कोरियाले ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै जिताएका थिए। यसअघि पिएसजीका लागि वारेन जैरे एमेरीले एक गोल गरेका थिए।
यो एटलेटिको म्याड्रिडको यस सिजनमा दोस्रो जित हो। यो जितपछि ४ खेलमा ६ अंक हासिल गर्दै एटलेटिको म्याड्रिड २३औ स्थानमा छ। त्यस्तै पिएसजीले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ। ४ खेलमा ४ अंक हासिल गरेको पिएसजी २५औ स्थानमा छ।
प्रतिक्रिया