×

थप २८ जनामा काेराेना पुष्टि

images

पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ७६ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप नौ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा एक सय सात जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख आठ हजार सात सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

मङ्गलबार २४ जेठ २०७९ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया