काठमाडौं । भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा गए राति एयरस्ट्राइक गरेको छ । भारतीय सञ्चार माध्यमहरूले यो आक्रमणमा कम्तीमा ९० जना आतंकवादी मारेको दाबी गरेका छन् । तर उसको यो दाबीको स्वतन्त्र पुष्टि भएको छैन । उता पाकिस्तानले भारतले पाकिस्तानका ६ स्थानमा आक्रमण गरेको बताएको छ । पाकिस्तानी सञ्चार माध्यहरूले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन् । पाकिस्तानले ८ जना नागरिक मारिएको र ३५ जना घाइते भएको जनाएको छ ।
काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्ध...
पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु
मंगलबार राति करिब १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा 'अपरेशन सिन्दूर' अन्तर्गत आक्रमण गरिएको हो । पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । ती क्षेत्रहरू आतंकवादी संगठनहरूको आधार इलाका रहेको दाबी भारतीय पक्षको छ।
काठमाडौं। भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनु...
भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण
भारतको पहलगाममा एक जना नेपालीसहित २६ जना आतंकवादी आक्रमणमा मारिएपछि यसको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सैन्य कारबाही गरेको हो । भारतले यसलाई अप्रेसन सिन्दुर नाम दिएको छ । भारतको एयरस्ट्राइकपछि भारत र पाकिस्तान दुवै उच्च सतर्कमा छन् । भारत र पाकिस्तान दुवैतर्फ एयरस्पेस बन्द गरिएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् ।
पाकिस्तानले भारतीय आक्रमणको जबाफ दिने भनिसकेको छ। उसले भारतीय पक्षले हानेको ५ वटा फाइटर जेट खसालेको दाबी पनि गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुइटा रुसमा बनेका लडाकु जहाज खसालेको पाकिस्तानले दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौँपछिको सबैभन्दा ठूलो क्षति हुनेछ। राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान छ।
प्रतिक्रिया