×

‘बूढो खाडीमा हुँदा बुढी अर्कैको गाडीमा, बच्चा झाडीमा’

images

धनगढी: कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार सो शिशु स्थानीय २२ वर्षीया रिता बिकको भएको खुलेको छ।

उनका श्रीमान् भने दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरवमा छन्। रिताले श्रीमान वैदेशिक रोजगारीमा रहेकै बेला नवजात शिशुलाई जन्म दिएको प्रहरीको दाबी छ।

रिताले ती शिशुलाई ७ दिन अघि जन्म दिएर पालनपोषण गर्दै आएकी थिइन्। तर, हिजो राति उनले झाडीमा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

उनका अनुसार प्रहरीले शिशु फालेको खबर पाएपछि रितालाई आजै नियन्त्रणमा लिएको छ। महेन्द्रनगर हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई कञ्चनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

अहिले ती महिलालाई कैलालीतर्फ ल्याइदै छ। प्रहरी स्रोतका अनुसार अवैध सम्बन्धबाट शिशुको जन्म भएपछि ती महिलाले यस्तो घटना निम्त्याएको बुझिएको छ। यद्यपि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ।

झाडीमा भेटिएको वेवारिसे शिशुको भने लालरत्न अस्पतालको एनआईसीयुमा राखेर उपचार भैरहेको बताइएको छ। महेन्द्रनगर  पोस्ट  
 

आइतबार​ २४ बैशाख २०८० ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया