×

पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डले मागे सुझाव

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग सुझाव मागेका छन् ।
आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका केन्द्रीय विभागका प्रमुखहरुसँग छलफलमा जुटेका प्रचण्डले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरु नीति तथा कार्यक्रमबारे सुझाव मागेका हुन् ।

सरकारलाई पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई प्रचण्डले निर्देशन दिएका छन् ।

अहिलेको व्यवस्था बमोजिम कस्तो बजेट ल्याउनुपर्छ ? त्यसमा आ-आफ्ना सुझाव पाँच दिनभित्र दिनुस्’ प्रचण्डको भनाई उदृढ गर्दै नेता डोरप्रसाद उपाध्यायले भने, ‘हरेक वर्ष परम्परागत खालको आउन थाल्यो । यो पटक त्यो सबै ब्रेक गर्नेगरी बजेट ल्याउनु प¥यो । त्यसमा तपाईँका के कस्ता सुझाव छन् दिनुप¥यो ।’ 

आ-आफ्नो विभागको बैठक बसेर नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरेको उपाध्यायले बताए । विभागहरुले  विषय विज्ञहरुलाई समेत राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् । माओवादीका ३४ विभागमध्ये अधिकांश निष्क्रिय भएकाले कस्तो सुझाव आउँछ भन्ने विषयमा महत्त्वका साथ हेरिएको छ ।

शुक्रबार​ २४ चैत २०७९ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया