×

नोट अफ डिसेन्टबारे स्थानीय निर्वाचनपछि छलफल गर्न प्रचण्डको प्रस्ताव

images

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै एमसीसीका सन्दर्भमा देखिएका नोट अफ डिसेन्ट लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गरिने बताएका छन् । सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा दर्ज भएको भन्दै प्रचण्डले यसबारे आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गरेका हुन् ।

 ‘मतभेद त भयो । केन्द्रीय समितिमा प्रस्तुत र  दर्ज पनि भयो । यो सबै कुरा पार्टीका सम्पत्ति भयो । तर आजको परिस्थितिको बाध्यात्मक स्थिति भयो । अन्य पार्टी चुनावमा गइसकेका छन् । हामी पनि छिटै जानुपर्ने छ । हामी केमा पुग्यौँ भने नोट अफ डिसेन्टहरु कार्यालयमा दर्ज भएर बसेका छन्’, प्रचण्डले बैठकमा गरेको सम्बोधनलाई उदृत गर्दै स्रोतले भन्यो, ‘स्थानीय निर्वाचन सकिएपछि केन्द्रीय समितिको बैठकमा फेरि फोरम चलाएर बहस गरौँ । तलसम्म पनि निश्चित समयसम्म छलफल चलाऔँ ।’

उनले  आवश्यक पर्दा संघीय चुनावपछि विशेष महाधिवेशन राख्न सकिने पनि बताए । प्रचण्डले केन्द्रीय समिति बैठक आगामी जेठ २० गतेलाई प्रस्ताव गरेका छन् ।

 

सोमबार २३ फागुन २०७८ ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया