×

नेपाल मगर संघ शाखा ,युएईको अध्यक्षमा मनु गाहामगर चयन

images

फलेन्द्र मगर / युएई संवाददाता 

युएई-  नेपाल मगर संघ शाखा युएई को रिक्त हुन आएको अध्यक्ष पद का लागि भएको विशेष महाधिवेशन बाट वरिष्ठ उपाध्यक्ष मनु गाहा मगर लाई सर्वसम्मत अध्यक्ष मा चयन गरेको छ । युएई लाई कर्म थलो बनाई लामो समयदेखि मगर संघ लगायत अन्य विभिन्न संघ संस्था हरु मा आबद्ध रहदै गएको अक्टोबर इस्वि संवत् २०२१- ३० तारीख को दिन २०२१- २०२३ को लागि सम्पन्न भएको ११औं महाधिवेशन बाट मगर अध्यक्ष मा निर्वाचित भएका हुन ।

निवर्तमान अध्यक्ष भुवन थापा मगर वैदेशिक रोजगारीको सिलसिलामा दुबई बाट स्थानतरण हुँदै अमेरिका पुग्नु भएको हुनाले वहाँले सम्हाल्दै आउनु भएको अध्यक्ष पद रिक्त रहेको थियोे । उक्त पदपूर्ति का लागि भएको विशेष महाधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष  मगरलाई सर्वसम्मतिले अध्यक्ष मा चयन गरेको हो।

त्यस्तै गरि वरिष्ठ उपाध्यक्षमा भने दुई जना उपाध्यक्ष तारा रास्कोटि र निवर्तमान महासचिव नयन घर्ती मगर द्वय ले दाबी गरेपनि अन्तिममा निवर्तमान महासचिव नयन घर्ती मगरलाई सहमति जुटेको हो। महासचिवमा भने निवर्तमान साँस्कृतिक विभाग प्रमुख बिष्णु राना मगर सर्वसम्मत चयन भए। रिक्त रहेका अन्य पद हरु मा भने अब बस्ने पहिलो मिटिङ्ग ले चयन गर्ने निर्वाचन समिति का संयोजक टंक थापा मगरले बताए। 

विशेष महाधिवेशन सम्पन्न भए लगत्तै ४१औं मगर स्थापना तथा मगर एकता दिवसको कार्यक्रम सम्पन्न भए । मगर एकता दिवसको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम सहित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना भएको थियोे । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा भुतपुर्व संरक्षक तथा सल्लाहकार हरु ले संगठन सुदृढीकरण र आगामी कार्यकाल लाई चुस्त र स्फुर्त बनाइ युएईमा रहेका मगर हरु लाई एकताबद्ध बनाई अघि बढन सुझाए ।

उपसंरक्षक डोल राना मगरले सातै वटा क्षेत्रीय समिति हरु सँग मगर दिवसको अवसरमा अन्तरक्रिया र प्रशिक्षण जस्तो कार्यक्रममा समन्वय हुन नसक्नु दु:खद रहेको कुरा व्यक्त गरे। अर्का वक्ता भुतपुर्व उप संरक्षक खुम आले मगरले मगर हरु सुस्त भएकोले माथी उठन आग्रह गरे। वक्तव्य कै क्रममा भुतपुर्व उप संरक्षक चन्द्र सारु मगरले मगर हरु लाई पनि राजनैतिक चेतनाको स्तरमा अभिवृद्धि गर्नुपर्ने र राज्यको पहुँचमा पुग्न लाई हामी मगर हरु ले प्रोत्साहन र सहयोग गर्नुपर्ने मा जोड दिए।

त्यसैगरी आदिवासी जनजाति पत्रकार महासंघ युएईका अध्यक्ष फलेन्द्र मगरले हिजोको जस्तो पत्र लेखेर सूचना सन्देश पठाउन असजिलो र घन्टौं लाएर भेटघाट गर्नुपर्ने झन्झटिलो नभएको अहिले सूचना प्रविधि को पहुँचमा हामी नजिक रहेको हुँदा सजिलैसँग सूचना सन्देश सजिलै आदानप्रदान गरि संघ मा धेरै भन्दा धेरै लाई आबद्ध गराउन सक्ने प्रविधि को विकास भैसकेको र केही छुटेका हरु लाई पनि संस्था मा समेटेर अगाडी बढ्नुपर्ने सुझाव दिए।

त्यस्तै संरक्षक प्रमुख टंक थापा मगरले मगर संघ भित्र राजनीतिक गतिविधि लाई प्रशय नदिइ विशुद्ध तरिकाले संघ लाई अगाडी बढाउन आग्रह गरे। त्यसैगरी भुतपुर्व महासचिव धनेन्द्र मास्की राना मगरले ४१औ मगर एकता दिवस मनाइ रहदा ४१ जना मात्रै होइन । ४१ गुणा१२३ जनाको उपस्थिति हुनु पर्ने हो । तर विडम्बना आज ४१ जना समेत को उपस्थित नहुनु संघ भित्र कमि कमजोरी रहेको औल्याए। 

   भर्खरै नव निर्वाचित भएका अध्यक्ष मनु गाहा मगरको अध्यक्षता मा भएको कार्यक्रमलाई  महासचिव बिष्णु राना मगरले संचालन गरेका थिए ।

मङ्गलबार २३ फागुन २०७९ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया