×

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

images

 

काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। आइतबार दुईपटक सारिएको बैठक अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा केही समयअघि सुरु भएको हो।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ। गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो। १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन्।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोरोना र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो।

माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।

सोमबार २३ फागुन २०७८ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया