×

यात्रुवाहक विद्युतीय सवारी दुर्घटना- चालकको मृत्यु

images

काठमाडौं । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ५ खनियाँखर्क नजिक शुक्रबार बिहान भएको यात्रुवाहक विद्युतीय सवारी (इभी) दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइते छन् । झापाबाट काठमाडौं जाँदै गरेको वा १ –०३० च ९६४२ नं को इभी दुर्घटनामा चालक २६ वर्षीय सुशान्त नेपालीको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको छ ।

उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । साथै यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार​ २५ माघ २०८१ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया