काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार साँझ करिब ५ः४५ बजे बा ४ ख ८७८८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर रुखमा अड्किएको थियो । मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन ।
घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपरचार भइरहेको छ । बसमा करिब ३५ देखि ४० जना सवार थिए । नेचर हब नामक संस्थाका कर्मचारीहरू पिकनिक सकेर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया