×

यस्तो छ नेकपा एकीकृत समाजवादीको समानुपातिक मत ?

images

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम घोषणा भइसके पनि समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमाले अग्र स्थानमा छ । अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एमालेले २८ लाख १४ हजार ६ सय ५५ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ । ११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ ।

जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ७४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २ सय ९० मत पाएको छ ।

मङ्गलबार २० मंसिर २०७९ १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया