×

धादिङको धुनीबेंसीमा सात सवारी साधन एकआपसमा ठोक्किए

images

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसेमा ६ सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। शनिबार अपराह्न ४ बजेतिर धुनीबेंसीमा सात सवारी साधन एकआपस ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक स्कुल बस, दुई सार्वजनिक यातायात, दुई ट्रक, एक भारतीय नम्बर प्लेटको गाडी र एक मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

दुर्घटनाको प्रारम्भिक अनुसम्धान भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी हालसम्म २७ जनाको घाइते भएको खुलेको उनले बताएका छन्। उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ। तीमध्ये गम्भीर घाइते भएका २ जनालाई भने काठमाडौं पठाइएको छ।

 

शनिबार २१ मंसिर २०८२ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया