×

महाकाली नदीमा बन्दै गरेको संरचना निर्माण रोक्न भारत तयार

images

काठमाडौं । महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको कार्य तत्काल रोक्न भारत सहमत भएको छ । नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काम अहिलेलाई रोकिएको हो । दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको हो ।जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको जनाएको हो ।

सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए । छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएरमात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।

दुई देशबीच संयन्त्र बनाएरै काम अघि बढाउने सहमति भएको बताइएको छ। महाकालीको धार परिवर्तन हुने गरी भारतले नदीमा संरचना बनाएपछि नेपाली पक्षले विरोध गरेको थिए । आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले गरेको विरोधमा ढुंगा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए ।

मङ्गलबार २० मंसिर २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया