काठमाडौं । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव भेटिएको छ ।
गत शुक्रबार १९ गते सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका-६ स्थित् सुनकोशी नदीमा खसेको थियो ।
स्कारपीयोमा सवार ४ जनामध्ये चालक कृष्णबहादुर चौधरी घाइते भएका थिए । गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल बेपत्ता भएका थिए ।
फेला परेको शवको अझै सनाखत हुन सकेको छैन । बेपत्ता रहेका एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया