×

उपाध्यक्ष पण्डितको प्रश्न -- पहिचान चाहिएको कसलाई नदीलाई ?

images


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर शर्मा पण्डितले कोशी नामकरणको विषयलाई लिएर सङ्घीयता मानिसलाई चाहिएको कि नदीलाई भन्दै प्रश्न गरेका छन् । 
बिहीबार केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नामकरणपछि पहिचानको आन्दोलनको क्रममा ज्यान गुमाएकाको रगतलाई खेर जान नदिने तर्क गरे ।

उनले भने, ‘हामी विश्वास दिलाउँछौं आन्दोलनमा बगाएको रगतलाई खेर जान दिने छैनौं । के हो कोसी प्रदेश ? के हो गण्डकी प्रदेश, बागमती प्रदेश के हो ?सङ्घीयता नदिलाई चाहिएको हो ? सङ्घीयता पहिचान चाहिएको कसलाई ? नदिलाई पानीलाई ? सङ्घीयता चाहिएको जातीलाई हो ।’

उपाध्यक्ष पण्डितले सुदुरपश्चिमबाट जन्मेको नागरिक उन्मुक्ति पार्टीले  कोशी प्रदेशको पहिचानबादी आन्दोलनमा ऐक्यबद्धता जनाउने बताए । 
उनले रेशम चौधरीलाई सरकारले चाँडो रिहा नगरेमा राम्रो नहुने चेतावनी दिए ।
 

बिहीबार २३ चैत २०७९ ०३:४८ PM मा प्रकाशित

प्रतिक्रिया