×

महाभियोग सिफारिस समितिमा बसे पनि हाम्रो अवरोध कायमै रहन्छ: एमाले

images

 

काठमाडौं । विशाल भट्टराईले महाभियोग सिफारिस समितिमा बसे पनि जारी संसद अवरोधन कायमै रहेको स्पष्ट पारेका छन्।

संक्षिप्त कुरा गर्दै एमाले प्रमुख सचेतक भट्टराईले संसदीय समितिमा यसअघि पनि भाग लिएकोले यसपटक पनि त्यही गरेको बताए।

'हामीले यो घट्नालाई गम्भीर रूपमा लिएका छौ। त्यसका लागि हामीले उच्च तहको नेतृत्व पठाएका छौं। हाम्रो पार्टीका उपाध्यक्ष र मन्त्री भएकानै तीन जना छन्,' उनले भने,' समितिमा त हामी पहिलैदेखि सामेल भइरहेका छौ। हरेक समितिमा हामी छौ। अरु कुरामा हाम्रा बिमती बाँकी नै छन्।'

समितिमा एमालेबाट बिष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन्।

उनले उनले एमालेका मागहरु यथावतै रहेको स्पष्ट पार्दै आफूहरूको सभामुखप्रति असहमति र आलोचना कायमै रहेको दोहोर्‍याए।‍

समितिहरुमा अरूलाई वाकओभर छोड्ने एमालेको नीति नरहेको उनले बताए।

उनले न्यायलयमा देखिएको अराजकता, अस्थिरता र उछृङखलतालाई गम्भीरतापूर्वक लिएको बताए।

'यसलाई कसरी व्यापक रूपमा सुधार्न सकिन्छ र न्यायलयलाई आस्थाको केन्द्र बनाउने भन्नेमा हाम्रो ध्यान जान्छ। व्यक्तिप्रति हाम्रो भन्नु केही छैन, 'उनले भने, 'व्यक्ति आउँछन् जान्छन्। कसैले राम्रो भनेका होलान् कसैले नराम्रो भनेका होलान्। नराम्रो भनेर हतारिएकाले अब आउनेहरू कस्ता छन् भनेर पनि हेरेका होलान्। कसरी हुन्छ यसलाई व्यापक रूपमा सुधार्ने विषयमा हाम्रो ध्यान जान्छ।'

आइतबार​ २२ फागुन २०७८ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया