×

यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम (हेर्नुस् पूर्णपाठ)

images

काठमाडौं- सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे  नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेको हो।

साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने उल्लेख छ ।

साथै सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

प्रस्तावित मस्यौदामा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनेदेखि स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।  प्रतिवेदन सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार बुझाइने छ।

हेर्नुस् पूर्णपाठ:

 

शुक्रबार​ २२ पुस २०७९ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया