×

युएईमा आदिवासी जनजाती महासंघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

फलेन्द्र मगर, युएई 
५ डिसेम्बर युएई - आदिवासी जनजाती हरु को साझा संगठन नेपाल आदिवासी जनजाती महासंघ, युएईले हालै परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम दुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा हलमा एक भव्य समारोहका बीच सम्पन्न गर्‍यो ।

कार्यक्रममा महासंघमा आबद्ध ११ वटै जातीय संघ संस्था हरु को आआफ्नै मौलिक र परम्परागत भेष भुषामा सजिएका पदाधिकारी हरु लगायत महिला तथा पुरुषहरूको बृहत सहभागिता रहेको थियोे । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका लागी नेपाल बाट केन्द्रीय अध्यक्ष गेल्जेन शेर्पा, वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती साथै महासचिव दिवस राई आउनु भएको थियोे ।

 प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै केन्द्रिय अध्यक्ष गेल्जेन शेर्पा ले विदेश मा रहेर जातीय हकहित पहिचानका लागी मात्रै नभई आआफ्नो आर्थिक जिवनस्तर लाई समेत माथी उठाएर लक्ष्यसाथ अघि बढ्न का लागी जोड दिए ।

वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख बुद्ध घर्ती ले आदिवासी जनजाति महासंघ केन्द्रिय कमिटी र प्रवास कमिटी बिच समन्वय गतिविधिबारे सूचना आदानप्रदान मा कमि आएकोमा दुख व्यक्त गरे । मन्तव्य कै क्रममा महासचिव दिवस राई ले सहिद रामप्रसाद राई र लखन थापा मगर लाई जनजाती कै छोरा भएका कारण राज्यले सम्बोधन गर्न ढिलाइ गरेको कुरा व्यक्त गरे । 

कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका पदाधिकारीहरूले जनजाति आन्दोलन, पहिचानका मुद्दा हरु र अबको कार्यदिशा को बारेमा जिज्ञासा् राखेका थिए । कार्यक्रम महासंघका अध्यक्ष विक्रम लिम्बुले अध्यक्षता गरेका थिए भने कार्यक्रम संचालन  महासचिव डिके किराँती राईले गरेका थिए ।

मङ्गलबार १९ मंसिर २०८० ०८:२३ PM मा प्रकाशित

प्रतिक्रिया