×

स्वास्थ्य संस्थामा क्षति भएपछि खुल्ला आकाशमुनी बसेरै  सेवा दिइदै

images

जाजरकोट , १९ कात्तिक-  भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य  सेवा खुल्ला आकाशमुनी बसेरै दिन थालिएकोे छ । दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनी  बसेरै सेवा दिनुपरेको हो  । 

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनी बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताउनुभयो । भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँमा आवश्यक उपकरण राखेर उपचार गर्नुपरेको उहाँको भनाइ थियो । अहिले पनि पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको सिनियार अनमी रोकायले जानकारी दिनुभयो ।

 गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रामीडाडा पर्दछ । अहिले भूकम्पबाट घाइते भएका सर्बसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको उहाँले जानकारी दिनुभयो । दस शश्याको नयाँ भवन निर्माण नभएको र पुरानै भवनबाट सेवा उपलब्ध गराउँदै आइएकामा अहिले भूकम्पले भवनमा क्षति पु¥याएकाले  हैरानी खेप्नु परेको हो । 

आइतबार​ १९ कात्तिक २०८० १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया